MeroGuru Blogs

Dive deeper into the essence of Hinduism by reading the articles below

Teej Celebration

गुरुपूर्णिमा - अज्ञानको अन्धकारबाट ज्ञानको उज्यालोतर्फको यात्रा

'गु' शब्दको अर्थ अन्धकार हो र 'रु' शब्दको अर्थ त्यसको निरोधक वा नाशक हो। अज्ञानरुपी अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो छर्ने हुनाले नै उनलाई 'गुरु' भनिएको हो। अज्ञानको कारणले गर्दा मानिस सत्य र असत्य छुट्याउन नसक्ने हुन्छ । त्यस्तो अवस्थामा ज्ञानको ज्योति बालेर सही मार्ग देखाउने महान् व्यक्ति नै गुरु हुन् ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

चतुर्मास व्रतको आरम्भ समापन र यसको महत्त्व

आषाढ शुक्ल एकादशीदेखि सुरु भएर कार्तिक शुक्ल एकादशीसम्मको चार महिना (श्रावण, भाद्रपद, आश्विन र कार्तिक) को अवधिलाई चतुर्मास भनिन्छ । यो समय केवल धार्मिक कर्मकाण्ड मात्र नभएर मानव स्वास्थ्य, प्रकृति र अध्यात्मको सुन्दर समन्वय हो। यसलाई सन्न्यासी, साधुसन्तदेखि लिएर गृहस्थ आश्रममा रहेका सबैले आ-आफ्नो नियम अनुसार पालन गर्ने गर्दछन् ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

व्रतबन्ध संस्कार - शास्त्रीय र वैज्ञानिक महत्त्व

जनैलाई मलमूत्र त्याग्दा दाहिने कानमा बेर्ने नियमको पछाडि गहिरो चिकित्सा विज्ञान लुकेको छ । ​मूत्र प्रणाली र कानको सम्बन्ध: दाहिने कानको पछाडि 'लोहितिका' नामक स्नायु नसा हुन्छ, जसको सम्बन्ध सिधै मूत्रनली र आन्द्रासँग हुन्छ दिसा-पिसाब गर्दा जनैलाई दाहिने कानमा दुई पटक बेर्दा यो नसामा हल्का दबाब पर्दछ, जसले गर्दा मलमूत्र सजिलै र पूर्ण रूपमा विसर्जन हुन मद्दत पुग्दछ । यसले प्रोस्टेट र मृगौला सम्बन्धी रोगहरूबाट बचाउन सहयोग गर्दछ। दाहिने कानमा जनै राख्दा शरीरको 'सूर्य नाडी' सक्रिय हुन्छ, जसले पाचन शक्ति बढाउँछ र शरीरको तापक्रम सन्तुलनमा राख्छ ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

भोजन विज्ञान र भोजन गर्ने शास्त्रीय विधि

पञ्च स्नान: भोजन गर्नुअघि दुई हात, दुई खुट्टा र मुख गरी पाँच अङ्ग पखाल्नु (प्रक्षालन) अनिवार्य मानिन्छ। ​दिशा विचार: पूर्व वा उत्तर फर्केर भोजन गर्नु सर्वोत्तम मानिन्छ। पूर्वतर्फ फर्केर खाँदा आयु र उत्तरतर्फ फर्केर खाँदा सत्य र लक्ष्मी प्राप्ति हुने बताइएको छ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

मन्दिर व्यवस्थापन, पुजारीको योग्यता र पूजा विधि

मन्दिर व्यवस्थापन, पुजारीको योग्यता र पूजा विधिका सम्बन्धमा विभिन्न आगम, तन्त्र र स्मृति ग्रन्थहरूमा विस्तृत मार्गदर्शन गरिएको छ। यसै विषयमा आधारित भएर यो लेख प्रस्तुत गरिएको छ । मन्दिरको यो गरिमालाई अक्षुण्ण राख्नका लागि हाम्रा प्राचीन ऋषिमुनिहरूले आगम शास्त्र र स्मृति ग्रन्थहरूका माध्यमबाट मन्दिर व्यवस्थापन, पुजारीको योग्यता (अर्चक लक्षण) र पूजा विधिको एक अत्यन्त वैज्ञानिक र व्यवस्थित ढाँचा तयार पारेका छन् ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

माघे सङ्क्रान्ति पर्वको महत्व

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) नेपाली संस्कृतिको एउटा महत्त्वपूर्ण र मौलिक पर्व हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई 'मकर सङ्क्रान्ति' भनिन्छ। नेपाली जनजीवनमा यसलाई जाडो सकिने र न्यानो दिनको सुरुवात हुने पर्वका रूपमा लिइन्छ। ​​​नेपाली पात्रोअनुसार माघ महिनाको पहिलो दिन मनाइने यस पर्वलाई धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिकोणले विशेष मानिन्छ ।श्रीमद्भगवद्गीतामा ​भगवान् श्रीकृष्णले उत्तरायणको महत्त्वलाई स्पष्ट पार्दै यस कालमा शरीर त्याग्ने योगीहरूको गतिको बारेमा भन्नुभएको छ:विशेषगरी सूर्य उत्तरायण हुने प्रक्रिया सुरु हुने भएकाले यस दिनदेखि दिन लामा हुने र रात छोटा हुँदै जान्छन्।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

वसन्त पञ्चमी एवम सरस्वती पूजा: ​शास्त्रीय एवं आध्यात्मिक महत्त्व

सनातन संस्कृतिमा विद्या, कला, बुद्धि र वाणीकी अधिष्ठात्री देवी महासरस्वतीको प्राकट्य दिवसको रूपमा मनाइने एक अत्यन्त शुभ र शास्त्रीय पर्व हो। माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वले प्रकृतिको पुनर्जन्म (वसन्त ऋतुको आगमन) र मानवीय चेतनाको विकास दुवैलाई समेटेको छ ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

श्री स्वस्थानी भगवती: आध्यात्मिक र सामाजिक महत्त्व

शाब्दिक अर्थमा 'स्वस्थानी' भन्नाले स्व (आफ्नो) + स्थान (अस्तित्व) अर्थात् 'आफ्नो स्थानमा रहनु' भन्ने बुझिन्छ। आध्यात्मिक दृष्टिले हेर्दा, जो स्वयं आफ्मो मूल स्वरूपमा रहनुहुन्छ, वहाँ नै स्वस्थानी हुनुहुन्छ ।

READ MORE
Narayan 11, Sep 2026
Teej Celebration

शिवरात्रि पर्वको महिमा र आध्यात्मिक महत्त्व

'शिव' को अर्थ कल्याण हो र 'रात्रि' को अर्थ रात। त्यसैले, जसले सबैको कल्याण गर्छ र जसको शरणमा जाँदा अज्ञानतारूपी अन्धकार नष्ट हुन्छ, उही शिव हुन्। केही मान्यता अनुसार, यसै दिन भगवान् शिव र माता पार्वतीको विवाह भएको थियो। अर्को प्रसङ्गअनुसार, सृष्टिको प्रारम्भमा यसै दिन भगवान् शिव 'ज्योतिर्लिङ्ग' का रूपमा प्रकट हुनुभएको थियो।

READ MORE
Narayan 11, Sep 2026