श्रावण
महिनालाई हिन्दू ग्रन्थ अनुसार एक पावन महिना
को रुपमा लिइएको छ। यो महिना
बिभिन्न चाडपर्व हरु पर्ने गर्दछन
जस्तो जनै पुर्णिमा, नाग
पञ्चमी इत्यादी। यो महिना भगवान
शिवको महिनाको रुपमा पनि प्रचलित छ।
पौराणिक कथा अनुसार भगवान
शिवले यही महिना समुद्र
मन्थन वाट आएको कालकुट
बिष सेवन गर्नु भएको
थियो र सो बिषको
चरम पिडा अभिषेकद्वारा शान्त
भएको भन्ने कुरा शास्त्रमा उल्लेख
गरिएको छ। तसर्थ, श्रावण
महिना भरीनै शिव पुराणमा भनेझै
"अभिषेक: प्रिय शिव:" अर्थात, शिव भगवानलाई रुद्री
पाठ गरी अटुट जलधाराले
अभिषेक गराउने गरिन्छ। भगवान शिवको प्रिय दिन, सोमवारको दिन
शिवालय हरुमा भगवान शिवको बिशेष उपसना आराधना गर्ने गरिन्छ।
हिन्दू
शास्त्रमा श्रावण सङ्क्रान्तिको महत्व
श्रावण
सङ्क्रान्तिलाई बिभिन्न नामले पारीभाषित गर्ने गरिएको छ। श्रावण सङ्क्रान्तिलाई
कर्कट सङ्क्रान्ति भन्नेगरिन्छ। कर्कट सङ्क्रान्ति भन्नुको कारण, आजकै दिन बाट
सुर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गर्दछ। साथै, आजकै दिनवाट पौष
मसान्त सम्म सुर्य "दक्षिणायन'
(अयन = मार्ग) हुने गर्दछन,अर्थात
आजवाट उत्तरी ध्रुवमा दिनहरु छोट्टीदै जान्छन र रातहरु लम्बिदै
जान्छन।
श्रावण
सङ्क्रान्तिलाई लुतो फाल्ने दिन
भनेर पनि स्मरण गर्ने
गरिन्छ।
आषाढमा
चरम गर्मीका वावजुद हिलोमा रोपाइ गर्ने क्रममा छालामा बिभिन्न प्रकारका रोगहरु लाग्ने सम्भावना हुने गर्दछ। तसर्थ
छालामा लाग्ने सम्भावित रोगहरु एवम लागेका रोगहरु
श्रावण सङ्क्रान्तिका दिन सरोवर, तलाउ
आदीमा गएर पञ्चगब्यले स्नान
गर्दा निको हुने धार्मिक
मान्यता एवम जनविश्वास रहेको
छ।
यो बर्ष श्रावण महिनामा
सोमवार औंसी परेको छ।
श्रावण महिनामा परेको यस्तो अवस्थालाई सोमबारे औंसीको उपनाम दिइेएको छ। हिन्दू शास्त्रमा
भनिएको छ "प्रातरुत्थाय व्रतिना स्नानम कार्यम जलाशये, स्नात्वा मौनेन कौशेयम पारीधाय व्रती तत:" अर्थात, सोमवेर औंसीको दिन बिहान ब्रह्मामुहुर्तमा
उठेर नबोली नुहाउनाले एकहजार गाईदान गरेको फल प्राप्त हुन्छ
भनी धर्मशास्त्रमा उल्लेख गरिएको छ।
२०८०
साल अनी श्रावण महिना
यो बर्ष श्रावण महिनामा
अधिकमास परेको छ जसलाई हामी
पुरुषोत्तम मास पनि भन्ने
गर्दछौँ। यो बर्षको श्रावण
महिनामा अन्य बर्षजस्तो पर्न
जाने पर्वहरु जस्तै जनै पुर्णिमा, नाग
पञ्चमी इत्यादी पर्वहरु परेका छैनन। यि चाडहरु एक
महिना पर अर्थात भाद्र
महिनामा पर्न गएका छन।