भाद्र महिना
कृष्णपक्षको अष्टमी तिथिमा, मध्यरातको समय, रोहिणी नक्षत्रमा, द्वापरयुगमा मथुरानगरीमा
कंसको कारागारभित्र वसुदेव–देवकीको गर्भबाट भगवान् श्रीकृष्णले अवतार लिनुभएको हो।
यस दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ। यो तिथि परमपावन, पुण्यप्रद, पापविनाशक तथा
भक्तिवर्धक मानिन्छ । श्रीकृष्ण अवतारको प्रयोजन धर्मसंस्थापन, दुष्टसंहार र सज्जनहरूक
रक्षा हो
“परित्राणाय
साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय
सम्भवामि युगे युगे॥” (गीता )
ऐतिहासिक–पौराणिक
पृष्ठभूमि : द्वापरयुगमा कंस नामक अत्याचारी शासकको अधीनमा मथुरा नगरी आक्रान्त थियो
। आकाशवाणीअनुसार वसुदेव–देवकीको अष्टम पुत्रबाट कंसको वध हुनेछ भन्ने सुनेर कंसले
देवकीका सन्तानहरू क्रमशः मार्दै गयो। आठौँ सन्तानको जन्म श्रीकृष्णका रूपमा मध्यरातमा
दिव्य प्रकाश र अद्भुत वातावरण बीच कंसको कारागार भित्र भयो । पिता वसुदेवले नवजात
श्रीकृष्णलाई यमुना नदी पार गराई गोकुलमा यशोदा–नन्दको घरमा पुर्याउनुभयो । भगवान्ले
ग्वालबालहरूका साथ वृन्दावनमा गाईहरू चराउँदै गोपिनीहरूका साथ अनेक लीला गर्नुभयो र
कंसले पठाएका राक्षसहरूको वध पनि गर्नुभयो । दुष्टहरूको विनाश गरेर धर्मको स्थापना
गर्नुभयो र महाभारतका समयमा अर्जुनको सारथि बनेर सज्जनहरूको हितका लागि गीताको उपदेश
गर्नुभयो ।
व्रतविधान र
पूजा–पद्धति :
१. उपवास —
अष्टमीको दिन निराहार वा फलाहार गर्दै रात्रि मध्यसम्म जागरण। २. अभिषेक — मध्यरातमा
बालकृष्णको पञ्चामृत (दूध, दधि, घृत, मधु, जल) ले अभिषेक।
३. नामस्मरण
— “हरे कृष्ण हरे राम” जप, श्रीकृष्णाष्टक वा श्रीकृष्णसहस्रनाम पाठ।
४. दान — व्रतसमाप्ति
पश्चात् अन्न, वस्त्र, दक्षिणा ब्राह्मण वा विप्रलाई अर्पण।
५. कथाश्रवण
— भागवत महापुराणको दशम स्कन्धको पाठ वा श्रवण।
आध्यात्मिक
महिमा :
१. पापप्रक्षालन
— यस दिनको व्रत र स्मरणले अनन्त जन्मका पापहरू नष्ट हुन्छन्।
२. भोग–मोक्षदायिनी
— भक्ति, समर्पण र सेवा भावले सांसारिक सुख र परमार्थिक मोक्ष दुवै प्राप्त हुन्छ ।
३. भक्तिरसप्रवर्धन
— रातभर कीर्तन, स्तोत्रपाठ र नामस्मरणले भक्तिरसको वृद्धि हुन्छ ।
भगवानले किन
अवतार लिनु हुन्छ?
- साधु सन्त्राण
(सज्जनहरुको रक्षा)
- दुष्टहरुको
बिनाश
"तेनबिना
त्रिणमपी नचलति" भनिन्छ, अर्थात परमात्माको इक्ष्याबिना एउटा पात पनि, एउटा त्यान्द्रोपनी
हल्लीदैन।
श्रीमद भागवतमा
वताइएको छ, “अवतारा: ह्यसन्ख्येया:”, अवतार असंख्य छन। सबैको गणना सम्भब छैन, बिशेष
गरेर २४ अवतारको कुरा उल्लेख गरिएको छ। २४ अवतार मध्येपनी १० अवतारलाई प्रधान मानियो,
मत्स्य, कुर्म, वराह, बामन, न्रिसिङ्ह, परशुराम, राम, कृष्ण, बुद्ध एवम कल्की।
कृष्ण भगवानको
अवतार,
भगवानले अनेक
लीला गर्नु भयो| जब यो पृथ्वी दुष्ट राजा हरु धेरै भैसकेपछी, विधर्मी हरु बढेपछी पृथ्वी
आक्रान्त बन्यो, दुष्टहरु बढेपछी। अनी त्यो, दुष्टहरुको अधार्मिक् क्रित्यलाई सहन गर्न
नसकेर पृथ्वीले गाईको रुप धारण गर्नुभयो। पृथ्वी सहित देवताहरु ब्रह्माजीको शरणमा गए।
क्षिरसागरमा भगवान बिष्णु हुनु हुन्थ्यो, बिष्णुको समक्ष सबै पुगेपछी भगवान बिष्णुले
ब्रह्मालाई आस्वास्त तुल्याउनुभयो कि म वशुदेव - देवकीको ८ औं गर्भका रुपमा धरतीमा
आउने छु, र सारा दुष्टहरुको बिनाश गर्नेछु र धर्मको स्थापना गर्नेछु भनेर भगवानले वचन
दिनुभयो। सबैजना आश्वास्त भए। त्यो समयमा राक्षसको दुष्टता बढीरहेको थियो। साथै कंसको
पनि वशुदेव सँग दुष्टता बढेको थियो। देवकी, जो कंसको काकाकी छोरी हुनुहुन्थ्यो, सोही
देवकीको विवाह गरिदिन खोज्यो। भब्यताकासाथ विवाह सम्पन्न भयो। दाईजोको रुपमा बहिनी
देवकी लाई धेरैकुरा हरुपनी दियो। र यसै बिच, बहिनी ज्वाँईलाई रथमा राखेर बिदाइ गर्न
रथ आँफैले हाकेर अगाडि बढदै थियो, यसैबिच आकाश वाणी भयो, आकाशवाट देवताहरुले भने,
“अश्यास्त्वा मष्टमो गर्भो हन्ता याम् वहसे बुध:” अर्थात, "हे दुष्ट, जस्लाई तैले
रथमा राखेर जादैछस, उसैको ८ औं गर्भवाट तेरो मृत्यु हुनेछ"। यो सुनेपछी कंस क्रोधित
भयो, र केही समय पनि खर्चनागरिकन खड्ग निकालेर आफ्नो बहिनिको बध गर्न तम्सियो। बशुदेव,
आफ्नो ज्वाँईले सम्झाइ बुझाई गर्नु भयो। बशुदेव ले कंसलाई भन्नु भयो, "यो जो कार्य
गर्न लाग्दैछौ तिमी, जसबाट तिम्रो मृत्यु हुने वाला छ, म सबै सन्तान तिमीलाई जिम्मा
लगाउनेछु।" यो भनेपछी, कंसले देवकी र वशुदेवलाई कारागारमा राख्यो। वशुदेव र देवकीका
सन्तान हुँदै गए, कंसले मार्दै गयो, सातौंको पालो आयो, योगमायालाई भगवानले निर्देश
गर्नुभयो कि, "तिमिले देवकीको गर्भलाई खिचेर रोहिणीमा स्थापित गर"। रोहिनी
चाँही वशुदेवको अर्की श्रीमती, जो गोकुल मा हुनु हुन्थ्यो। योगमाया ले भगवानको निर्देश
अनुसार काम गरिन। जब ७ औं सन्तान कंसले देखेन, उस्ले सोच्योकी देवकीको ७ औं गर्व तुहियो।
जब आठौंको पालो
आयो, त्यसपछाडि भगवान जव गर्भमा प्रबेश गर्न लाग्नु भयो, देवता हरुले अद्भुत स्तुती
गरेका छन,
सत्यव्रतम सत्यपरम्
त्रिसत्यम्, सत्यस्य योनिम निहितम च सत्ये
सत्यस्य सत्यम
म्रित सत्य नेत्रम, सत्यात्मकम त्वाम शरणम् प्रपन्ना:
अर्थात,
सत्यको पालन
गर्ने, परम सत्य, तिनैकाल सत्य रुपमा रहने, सत्यका कारण, सत्यमा आश्रित, यस्ता सत्य
स्वरुप परमात्माको चरणमा हामी परेका छौं।
भगवान देवकीको
गर्भमा आएपछी देवकीको अनुहारपनी बडो तेजस्वी देखियो, चम्किलो देखियो, अनी कंसले दुष्टबुद्धी
ले भगवानलाई सम्झेको सम्झेइ गर्यो,
"आहैष
मी प्राणहरो हरिर्गुहाम्, ध्रुवम् श्रीतो यन्न पुरेयमिद्रीशम्)।
अर्थात,
मेरो प्राण
हरण गर्ने वाला हरी देवकी को गर्भमा आएर बसेको हुनु पर्छ, सोही कारण ले देवकी उज्यालो
भएकी छिन्।
"मैले
कहिले पनि देवकीको यस्तो अनुहार देखेको थिन, पक्कैपनी मेरो शत्रु हरु यस्को गर्भमा
प्रबेश गरेको हुनु पर्छ भनेर सोच्यो। त्यसपछी भदौ महिना आयो, कृष्ण पक्षको अष्टमी तिथी
आयो, रात्रीको समय.
“अथ सर्वगुणोपेत:
काल: परमशोभन:, यर्हेवाजनजन्मर्क्ष्यम शान्तर्क्ष्य ग्रहतारकम”
अर्थात, ग्रह,
नक्षत्र,तारा सबै शान्त बने, समय पनि अत्यन्त उत्तम बन्यो। राम्रो समय आयो।
जसरी पूर्व
वाट पुर्णिमाका दिन चन्द्रमा को उदय हुन्छ, त्यसरी भगवान प्रकट हुनु भयो।
तमद्भुतम् बालकमम्बुजेक्षणम,
चतुर्भुजम सन्खगदार्युदायुधम्
श्रीवत्सलक्ष्मम्
गणशोभीकौस्तुभम्, पीताम्बरम सान्द्रपयोद सौभगम्
अर्थात,
अद्भुत बालक,
सन्ख चक्र लिएर प्रकत हुनु भयो, आँखा कमल जस्ता थिए। त्यस्ता चतुर्भुज स्वरुपमा कृष्ण
प्रकट हुनु भयो।
श्री कृष्ण
चन्द्र भगवानको " जय, जय, जय"। भगवान चतुर्भुज रुपमा प्रकट हुनु भयो।
देवकी र वशुदेवले
पनि स्तुती गर्नु भयो, साथै डराउनुपनी भयो, कि, कंसले बध गर्ला भनेर। भगवानलाई अनुरोध
गर्नु भयो, हजुर कृपया बालक रुपमा प्रकट हुनुहोस् भनेर। साध्य: बालो बभुब: अर्थात,
"तुरुन्त बालक बनीदिनु भयो"
त्यसपछी, हत्कडी
लगायत कारागारका ढोका आँफै खुले। बशुदेवले एउटा ढाकीमा राखेर, टोकरी माथि राखेर निस्कनुभयो।
र यमुना नदीपार गर्न लाग्नु भयो। यमुना नदीको बिचमा पुग्नु भएको थियो, यमुना नदी उर्लेर
आएकी थिइन। यमुना नदीले भगवानको चराणको दर्शन गर्न चाहेकी थियिन। बशुदेव को शिर माथी
माथि जल आयो, अनी यमुना नदी वाट भगवानको चरण स्पर्श भयो। स्पर्श पाएपछी यमुना नदी सुकेर
घुडामुनी हुनु भयो र यसरी नदी पार गर्नु भयो। यमुना पारी यशोदाको घरमा भगवान कृष्णलाई
छोडेर योगमायालाई बोकेर आउनुहुन्छ कारागारमा। प्रबेश गर्ने बित्तिकै कारागारका सबै
ढोका साथै हत्कडी लाग्छन। उतापटी नन्द बाबा को घर मा नन्दबाबा एवम यसोदा खुशी हुनु
भयो। बशुदेवले नन्दबाबाको घर मा राख्दा कसैले थाहापाएका थिएनन। हामीले छोरीजन्माएको
हो (योगमाया) छोरो हैन भन्ने थाहा थिएन। बुढेसकालमा पुत्र भयो भनेर नन्द बाबा साह्रै
खुशी हुनु भयो। खुब उत्सब मनाउनु भयो। दुध दही मक्खन छ्यापा छ्याप गरेर। (नन्द घर आनन्द
भयो जय कन्हैया लाल कि)। यसरी गोकुल बासीहरुले उत्सब मनाए।
अन्त्यमा :
श्रीकृष्ण जन्माष्टमी पर्व केवल जन्मोत्सव मात्र नभएर, धर्म, प्रेम र करुणाको पुनर्जागरण
हो। यस दिन मन, वचन, कर्मले भगवान्को स्मरण गर्नु नै सच्चा पूजन हो। “सर्वधर्मान्परित्यज्य
मामेकं शरणं व्रज” — गीता को सन्देश जीवनमा उतार्दै, भक्तिभावले जन्माष्टमी मनाउनेले
सांसारिक क्लेशबाट मुक्ति पाउँछ र परम आनन्द प्राप्त गर्दछ भन्ने पौराणिक मान्यता रहेको
छ ।