ऋषि पञ्चमी, व्रत विधान र यसको पौराणिक आख्यान

By Pandit Narayan Dahal 7 Jan 2026 Rishi, Rishi Panchami

ऋषि पञ्चमी, व्रत विधान र यसको पौराणिक आख्यान

भाद्रपद शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने ऋषि पञ्चमी व्रत हिन्दु परम्परामा सप्तर्षिको वन्दना, ऋषिऋणको स्मरण शौचआचारमा सङ्कल्पित शुद्धताको प्रतिज्ञासँग जोडिएको एक महत्वपूर्ण पर्व हो प्रायः यो हरितालिका तीज (शुक्ल तृतीया) पछि दुई दिन गणेश चतुर्थी (शुक्ल चतुर्थी)को भोलिपल्ट पर्दर्छ यो दैहिक भावनात्मक शुद्धिसँग सम्बद्ध पौराणिक आख्यानअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड होर्नु पर्यो। त्यस पापबाट मुक्ति पाउन त्यो ब्रहमहत्याको पापलाई चार स्थानमा विभाजित गरियो :-

() पृथिवी(खण्डहर भूमिमा),

() नदी (वर्षाकालको फिँज मैलोयुक्त पानी),

() पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्)

() स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)

अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले त्यस समयमा लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त नारीहरूले लिनुपर्दछ

शास्त्रीय आधार :

ऋषि पञ्चमीसम्बन्धी विधान परम्परागत धर्मनिबन्ध ग्रन्थहरूविशेषतः निर्णयसिन्धु, धर्मसिन्धु, हेमाद्रिकृत चतुर्वर्गचिन्तामणि (व्रतखण्ड)मा सङ्ग्रहित छ। यी ग्रन्थहरूले पुराणहरूको कथावस्तु विधिहरूको संक्षेपमा निरूपण गरी गृहस्थाचारको व्यावहारिक मार्ग दर्साएका छन्।

पौराणिक आख्यान (व्रतकथा) संक्षेप :

विशेष गरेर ब्रह्माण्ड पुराण भविष्योत्तर पुराण लगायत लोकपरम्परामा प्रसिद्ध कथाअनुसार सत्ययुगको विदर्भनगरीका कृषक सुमित्र उनकी धर्मपत्नी जयश्री (रजःस्वला अवधिमा आचारविचारको त्रुटिका कारण) पशुयोनिमा पतित भए; पुनर्जन्ममा छोरा सुचित्रका घरमा कुकुरनी बैलका रूपले बस्दै पितृश्राद्धको प्रसङ्गमा घटेको विषघटना (खीरमा विष पर्नु) मातृत्वकरुणाको भावले उत्पन्न संकटका कारण छोरोले ऋषिमार्ग सरोकारका ऋषिहरूसित उपाय सोध्यो। सप्तर्षिपूजा सहित ऋषि पञ्चमी व्रत गरी तद्फल मातापिता पशुयोनिबाट मुक्त भए भन्ने कथा व्यापक रूपले सुनाइन्छ

ऋषिऋणको स्मरण:

वैदिकपरम्परामा देवऋषिपितृयी चार ऋण मानवले जन्मदै लिएर आएको छ। ऋषि पञ्चमीलाई विशेषतः सप्तर्षिपूजा ऋषितर्पणबाट ऋषि ऋण तिराइने दिवसका रूपमा लिइन्छ

केका लागि :

शौचआचार प्रायश्चित्त: गृहस्थजीवनमा अनवधानताले हुने आचारभङ्ग (विशेषतः रजस्वलाकालका निषेधहरू) प्रति आत्मानुशासन, क्षमायाचन शुद्धीकरणको व्रतविधि हो। धर्मनिबन्ध ग्रन्थपरम्पराले यस्ता व्रतलाई प्रायश्चित्तात्मक कर्मको रूपमा निरूपित गरेका छन्

उपवास स्नान:

भाद्र शुक्ल पञ्चमीका दिन प्रातः मुखशुद्धि/दन्तधावनपछि नदीतीर्थ/शुद्धजलमा स्नान गरिन्छ

सङ्कल्प (नमुनारूप)

अद्याहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये

स्थापन पूजन :

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:

जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:

गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥ हेमाद्रि (व्रत, भाग , पृ ५७१); स्मृतिकौस्तुभ (पृ २१७); व्रतराज (पृ २००)

सप्तर्षिहरूको नाम स्थानको क्रम पूर्वादिक्रमले निर्धारित , जस्तै - मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजिकमा स्थापना गरिन्छ । सप्तर्षिप्रतिमा/प्रतीक (वसिष्ठ, कश्यप, अत्रि, विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम) तथा अरुन्धतीसहित पूजन धूपदीपनैवेद्यअर्चना आदि गरेर क्षमा याचना गरिन्छ व्रतफल अर्पण, अन्नवस्त्रतिलदक्षिणादि दान, ब्राह्मणसत्कारपछि आरती/प्रार्थना व्रतसमापन।

व्रतफल (आध्यात्मिक लाभ )

शास्त्रीय मान्यताअनुसार ऋषि पञ्चमी व्रतबाट हुने लाभ:—

() आचारभङ्गका अनवधान दोष शमित,

() गृहस्थधर्ममा शुचिता/अनुशासन स्थापन,

() ऋषिऋण स्मरण,

() कुलकल्याण आयु/आरोग्यवृद्धिजस्ता पुण्यफल प्रदान गर्छ उक्त फलनिर्णयहरू Hemādri–आदि निबन्धकारहरूले पुराणवचनका सारनिष्कर्षका रूपमा निर्दिष्ट गरेका छन्।

व्रतकथा नैतिक शिक्षा

विदर्भका सुमित्रजयश्रीसुचित्रको आख्यानको नैतिककेन्द्रीयता तीन बुँदामा देखिन्छ

. मातृत्वकरुणाको आदर्श (कुकुरनी बनेकी आमाले विषालु खीर नष्ट गरी ब्रह्महत्यादोषबाट जोगाउनु),

. आचारव्रतको प्रायश्चित्तात्मक शक्ति (सप्तर्षिपूजा व्रतफल समर्पण),

.गृहस्थसंयम (रजःकालमा शास्त्रीय मर्यादाको पालन)

अन्त्यमा :

यस व्रतको मूल सार ऋषिस्मरण, शुचिताअनुशासन, दानसेवा प्रायश्चित्त हो

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.