भाद्रपद शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने ऋषि पञ्चमी व्रत हिन्दु परम्परामा सप्तर्षिको वन्दना, ऋषि–ऋणको स्मरण र शौच–आचारमा सङ्कल्पित शुद्धताको प्रतिज्ञासँग जोडिएको एक महत्वपूर्ण पर्व हो । प्रायः यो हरितालिका तीज (शुक्ल तृतीया) पछि दुई दिन र गणेश चतुर्थी (शुक्ल चतुर्थी)को भोलिपल्ट पर्दर्छ । यो दैहिक र भावनात्मक शुद्धिसँग सम्बद्ध छ ।पौराणिक आख्यानअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड होर्नु पर्यो। त्यस पापबाट मुक्ति पाउन त्यो ब्रहमहत्याको पापलाई चार स्थानमा विभाजित गरियो :-
(१)
पृथिवी(खण्डहर भूमिमा),
(२)
नदी (वर्षाकालको फिँज र मैलोयुक्त
पानी),
(३)
पर्वत (जहाँ लस्सेदार वृक्ष
उत्पन्न हुन्छन्) र
(४)
स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)।
अत:
मासिक धर्मका समय अस्पृश्यता रहने
हुनाले त्यस समयमा लागेको
पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त
नारीहरूले लिनुपर्दछ ।
शास्त्रीय आधार :
ऋषि
पञ्चमीसम्बन्धी विधान परम्परागत धर्म–निबन्ध ग्रन्थहरू—विशेषतः निर्णयसिन्धु, धर्मसिन्धु, र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणि
(व्रतखण्ड)मा सङ्ग्रहित छ।
यी ग्रन्थहरूले पुराणहरूको कथावस्तु र विधिहरूको संक्षेपमा
निरूपण गरी गृहस्थाचारको व्यावहारिक
मार्ग दर्साएका छन्।
पौराणिक
आख्यान (व्रतकथा) संक्षेप :
विशेष
गरेर ब्रह्माण्ड पुराण र भविष्योत्तर पुराण
लगायत लोक–परम्परामा प्रसिद्ध
कथाअनुसार सत्ययुगको विदर्भनगरीका कृषक सुमित्र र
उनकी धर्मपत्नी जयश्री (रजःस्वला अवधिमा आचार–विचारको त्रुटिका
कारण) पशुयोनिमा पतित भए; पुनर्जन्ममा
छोरा सुचित्रका घरमा कुकुरनी र
बैलका रूपले बस्दै पितृ–श्राद्धको प्रसङ्गमा
घटेको विष–घटना (खीरमा
विष पर्नु) र मातृत्व–करुणाको
भावले उत्पन्न संकटका कारण छोरोले ऋषिमार्ग
सरोकारका ऋषिहरूसित उपाय सोध्यो। सप्तर्षि–पूजा सहित ऋषि
पञ्चमी व्रत गरी तद्फल
माता–पिता पशुयोनिबाट मुक्त
भए भन्ने कथा व्यापक रूपले
सुनाइन्छ ।
ऋषि–ऋणको स्मरण:
वैदिक–परम्परामा देव–ऋषि–पितृ–यी चार ऋण
मानवले जन्मदै लिएर आएको छ।
ऋषि पञ्चमीलाई विशेषतः सप्तर्षि–पूजा र ऋषि–तर्पणबाट ऋषि ऋण तिराइने
दिवसका रूपमा लिइन्छ ।
केका लागि :
शौच–आचार र प्रायश्चित्त:
गृहस्थजीवनमा अनवधानताले हुने आचार–भङ्ग
(विशेषतः रजस्वला–कालका निषेधहरू) प्रति आत्मानुशासन, क्षमायाचन र शुद्धीकरणको व्रत–विधि हो। धर्म–निबन्ध ग्रन्थ–परम्पराले यस्ता व्रतलाई प्रायश्चित्तात्मक कर्मको रूपमा निरूपित गरेका छन् ।
उपवास र स्नान:
भाद्र
शुक्ल पञ्चमीका दिन प्रातः मुख–शुद्धि/दन्तधावनपछि म नदी–तीर्थ/शुद्धजलमा स्नान गरिन्छ ।
सङ्कल्प (नमुना–रूप)
अद्याहं
ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं
करिष्ये ।
स्थापन र पूजन :
कश्यपोत्रिर्भरद्वाजो
विश्वामित्रोथ गौतम:।
जमदग्निर्वसिष्ठश्च
सप्तैते ऋषय: स्मृता:।
गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥ — हेमाद्रि (व्रत, भाग १, पृ ५७१); स्मृतिकौस्तुभ (पृ २१७); व्रतराज (पृ २००)
सप्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै - मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजिकमा स्थापना गरिन्छ । सप्तर्षि–प्रतिमा/प्रतीक (वसिष्ठ, कश्यप, अत्रि, विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम) तथा अरुन्धती–सहित पूजन धूप–दीप–नैवेद्य–अर्चना आदि गरेर क्षमा याचना गरिन्छ । व्रत–फल अर्पण, अन्न–वस्त्र–तिल–दक्षिणादि दान, ब्राह्मण–सत्कारपछि आरती/प्रार्थना र व्रत–समापन।
व्रत–फल (आध्यात्मिक लाभ
)
शास्त्रीय
मान्यताअनुसार ऋषि पञ्चमी व्रतबाट
हुने लाभ:—
(क)
आचार–भङ्गका अनवधान दोष शमित,
(ख)
गृहस्थ–धर्ममा शुचिता/अनुशासन स्थापन,
(ग)
ऋषि–ऋण स्मरण,
(घ)
कुलकल्याण र आयु/आरोग्य–वृद्धि—जस्ता पुण्य–फल प्रदान गर्छ
। उक्त फल–निर्णयहरू
Hemādri–आदि निबन्धकारहरूले पुराण–वचनका सार–निष्कर्षका रूपमा
निर्दिष्ट गरेका छन्।
व्रतकथा र नैतिक शिक्षा
विदर्भका
सुमित्र–जयश्री–सुचित्रको आख्यानको नैतिक–केन्द्रीयता तीन बुँदामा देखिन्छ—
क. मातृत्व–करुणाको आदर्श (कुकुरनी बनेकी आमाले विषालु खीर नष्ट गरी
ब्रह्महत्या–दोषबाट जोगाउनु),
ख. आचार–व्रतको प्रायश्चित्तात्मक
शक्ति (सप्तर्षि–पूजा र व्रत–फल समर्पण),
ग.गृहस्थ–संयम (रजः–कालमा शास्त्रीय
मर्यादाको पालन)।
अन्त्यमा
:
यस व्रतको मूल सार ऋषि–स्मरण, शुचिता–अनुशासन, दान–सेवा र
प्रायश्चित्त हो ।