होली पर्व वैदिक
सनातन हिन्दु धर्मावलम्बीहरूको एक प्रसिद्ध चाड हो । यो पर्व विशेषगरी भारत र नेपालमा
मनाइन्छ। यसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व छ । धार्मिक दृष्टिले, होली
पर्व विशेषगरी भगवान् विष्णुका भक्त प्रह्लाद र होलिका सम्बन्धी कथासँग जोडिन्छ। पुराणहरूमा
उल्लेख भएअनुसार होलिका एक असुर थिई । जसले आगोमा न जल्ने एउटा विशेष च्यादर पाएकी
थिई । उसले आफ्नो भतिजा प्रह्लादलाई आगोमा जलाउन चाहन्थी । , तर प्रह्लाद भगवान् विष्णुको
भक्त थिए र भगवान्ले उनलाई सुरक्षित राखे। होलिका डढेर भस्म भएको हुनाले त्यसको खुसियालीमा
होली पर्वको प्रारम्भ भएको विश्वास गरिन्छ।
उक्त कथा यस
प्रकार रहेको छ-
कुनै युगमा
एकजना राक्षसी प्रवृत्तिका व्यक्ति थियो। उसको नाम हिरण्यकश्यपु थियो । उसले ब्रह्मा
जीको कठोर तपस्या गरेको थिए । तपस्याबाट ब्रह्मा जी अतिनै खुसी भएर वरदान माग्न भनेपछि
उसले आफुलाई कसैले पनि मार्न नसकुन् भन्ने वरदान माग्यो । उनले बिहान, राति, बाहिर
भित्र, जनावर, मानिस, देवता,अस्त्र, शस्त्र आदि केहीबाट पनि मृत्यु नहोस् भन्ने वरदान
मागे । यस्तो अचम्मको वरदान माग्दा ब्रह्मा जीलाई अनौठो लागेपनि उनको कठिन तपस्याका
कारण ब्रम्हाले वरदान त्यस्तै दिए । वरदान पाएपछि हिरण्यकश्यपु आफूलाई नै भगवान् मान्न
थाल्यो । अरुमाथि अन्याय, अत्याचार गर्ने क्रम जारी राख्यो। पिता खराब प्रवृत्तिको
भएतापनि उनका छोरा प्रह्लाद भगवान् विष्णुका सबैभन्दा महान् भक्त बने । आसुरी वा राक्षसी
प्रवृत्ति भएका पिताले छोरालाई आफु सबैभन्दा शक्तिशाली भएको हुनाले आफ्नै पूजा गर्न
भने । तर छोरा प्रह्लादले त्यसलाई नकारे । पटक—पटक सम्झाउँदा र धम्क्याउँदा पनि छोराले
भगवान् विष्णुप्रतिको अगाध भक्ति गरेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना
बनायो । त्यसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रहअनुसार
बालक प्रह्लादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर प्रह्लाद
सकुशल रहे । होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाइने भएका कारण यो दिनमा होलिकाको
दहन गर्ने चलन पनि छ । यहि मान्यता अनुसार फागु पूर्णिमाका दिनमा होली पर्व मनाईन्छ
।
हिरण्यकश्यपुको
अत्याचार बढ्न थालेपछि स्वयं विष्णु भगवान्ले नरसिंह अवतार लिएर उनलाई मार्नु परेको
थियो । यो अवतार भनेको आधा मानिस र आधा सिंहको हो । हाम्रा पर्वहरुले हामीलाई केही
न केही सकारात्मक सन्देश दिएका हुन्छन् । यो पर्वले पनि घमण्ड र नकारात्मक स्वभावलाई
होइन नम्रता र असल कर्म गर्न सिकाएको छ ।
होली पर्व वसन्त
ऋतुको स्वागत गर्दै फाल्गुन महिनाको पूर्णिमाका दिन मनाइन्छ। यो पर्वमा रंगहरू सँग
खेल्ने परम्परा रहेको छ। यो पर्व सामाजिक समरसता, मित्रता, र प्रेमको भावना प्रकट गर्ने
अवसर पनि हो। शास्त्रीय प्रमाणहरूमा विभिन्न पुराणहरू, जस्तै श्रीमद्भागवतमहापुराण,
र रामायणमा होली पर्वसँग सम्बन्धित कथाहरू भेटिन्छन् । यी कथाहरूले होली पर्वको धार्मिक
र सांस्कृतिक महत्त्वलाई पुष्टि गर्दछन् ।
होली पर्वसँग
सम्बन्धित शास्त्रीय प्रमाणहरूमा मुख्य रूपमा पुराणहरूमा केही श्लोकहरू उल्लेखित छन्।
होली पर्वसँग सम्बन्धित केही श्लोकहरू विशेष रूपमा भविष्योत्तर पुराणमा पाइन्छन्। त्यसमा
होली पर्वलाई फाल्गुन पूर्णिमाकाका रूपमा उल्लेख गरिएको छ।
भविष्योत्तर
पुराणमा उल्लेखित श्लोक:
१. "फाल्गुनपूर्णिमायां
तु कर्तव्योऽग्निपरिच्छदः।
होलिकासर्वसङ्गेन
दोषान् दहति तत्क्षणात्॥"
अर्थ:
फाल्गुन पूर्णिमाका
दिन अग्निपूजा गर्नुपर्छ। होलीले सबै प्रकारका दोषहरूलाई तत्काल नष्ट गर्छ ।
२."रङ्गमण्डपगत्वापि
स्त्रियो बालास्तथैव च।
रङ्गैरन्योन्यसंयुक्ताः
क्रीडन्ति मनुजाः सुखम्॥"
अर्थ:
यस पर्वमा स्त्रीहरू,
बालबालिका र पुरुषहरू रङ्गमण्डपमा जम्मा भई, एकअर्कालाई रङ्ग लगाएर आनन्दपूर्वक क्रीडा
गर्दछन् ।
यी श्लोकहरू
भविष्योत्तर पुराणमामा उल्लेख छन्, जसले होली पर्वको धार्मिक एवं सांस्कृतिक पक्षलाई
दर्शाउँछन् ।
"होलीका$सुरवधं
प्रह्लादस्य च रक्षणम् ।
रङ्गमङ्गलमाकाशे,
सर्वत्र सन्निवेशितम् ॥"
यस श्लोकमा
होलिका दहन र प्रह्लादको रक्षाको कथा उल्लेख गरिएको छ। होली पर्वको सांस्कृतिक र धार्मिक
महत्त्वलाई यो श्लोकमा देख्न सकिन्छ। होली पर्वसँग सम्बन्धित अन्य पुराणहरूमा पनि केही
प्रमाणहरू छन्। विशेषगरी, रामायण र महाभारत जस्ता ग्रन्थहरूमा पनि होली पर्वसँग सम्बन्धित
केही श्लोकहरू भेटिन्छन्। रामायणमा होली पर्वको संकेत प्रत्यक्ष रूपमा नभए पनि, रामायणका
केही अंशहरूमा सामाजिक एकता, प्रेम र मित्रताको महत्त्वलाई जोड दिइएको छ । होली पर्वमा
रंग खेल्ने परम्परा सामाजिक सद्भाव, सौहार्दता र मित्रतालाई प्रोत्साहित गर्ने रूपमा
देखिन्छ।
महाभारतमा पनि
होली पर्व सँग सम्बन्धित केही सांस्कृतिक गतिविधिहरू उल्लेख गरिएको छ। यद्यपि महाभारतमा
होली पर्वको विशेष उल्लेख नभए पनि, यो पर्व मित्रता र भाइचारालाई प्रकट गर्ने अवसरको
रूपमा मानिन्छ ।