नागपञ्चमी पर्वको महत्व

By Pandit Narayan Dahal 7 Jan 2026 Nag Panchami, Naag, Holy Snake

नागपञ्चमी पर्वको महत्व

नेपाली हिन्दू संस्कृति परम्परामा एक महत्वपूर्ण पर्व हो यो श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ यो पर्व नागदेवतालाई प्रसन्न गराउने पर्व हो।

प्राचीन ग्रन्थहरूमा नागहरूको पूजा गर्दा सन्तानसुख, सम्पत्ति, रोगनाश, भूमि-सुरक्षा विषभय नाश हुने उल्लेख पाइन्छ। यहाँ नाग पञ्चमीको धार्मिक, सांस्कृतिक शास्त्रीय महत्त्वलाई दर्साउने प्रयत्न गरिएको

नागहरूको परिचय :

नाग शब्दलेसर्पमात्र नभई एक दिव्य जातिलाई पनि जनाउँछ। महाभारत, पुराणहरू तथा अथर्ववेदमा उल्लेख भएअनुसार नागहरू पाताललोकका निवासी शक्तिशाली प्राणीहरू हुन्।

प्रमुख नागहरू- अनन्त ,- वासुकि, - पद्म , - महापद्म - तक्षक , - कुलीर , -कर्कट - शङ्ख-समेत गरी आठ प्रकारका छन् यसका साथै ऐरावत , धनञ्जय , कालिय , मणिनाग आपूरण , पिञ्जरक , एलापत्र , वामन , नील ,अनिल ,कम्बल, अश्वतर ,धृतराष्ट्र , कुण्डाेदर , महाेदर आदि थुप्रै नागहरू भएकाे वर्णन महाभारतमा प्राप्त हुन्छ

नागसम्बन्धी शास्त्रीय प्रमाणहरुः

. भविष्यपुराणमा :

श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप।

द्वारस्याेभयताे लेख्या गाेमयेन विषाेल्बणाः।।

पूजयेद् विधिवद् वीर दधिदूर्वाङ्कुरैः कुशैः।

गन्धपुष्पाेपहारैश्च ब्रह्मणानाञ्च तर्पणैः।।

ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरःसराः।

तेषां सर्पताे वीर भयं भवति कुत्रचित् ।।

श्रावणशुक्ल पञ्चमीमा गाेबरका नाग बनाएर वा नागका चित्र बनाएर विधिपूर्वक पूजा गरी ढाेकाका दुबैतिर टास्नाले सर्पभय रहँदैन

. महाभारतआदिपर्व (अस्तिक पर्व)

यहाँ आस्तिक ऋषिले तक्षक नागद्वारा भस्म पारिएका राजा परीक्षितको कथा जनमेजयको सर्पयज्ञ रोकिएको प्रसङ्ग छ। यस पर्वमा नागहरूको उद्धार तथा नागपूजाको स्थापना गरिएको प्रसङ्ग पनि प्राप्त हुन्छ

. भागवत पुराणदशम स्कन्ध

भगवान श्रीकृष्णले कालिय नागलाई पराजित गरी यमुना नदी शुद्ध पारिदिनुभएको थियो त्यसबाट पनि नागहरूको धार्मिक महत्त्व देखिन्छ

. स्कन्दपुराणनाग पूजन विधि:

श्रावणस्य सिते पक्षे पञ्चम्यां नागपूजनम्

सन्तानं सम्पदं लक्ष्मीं वपुश्चैव प्रयच्छति

(श्रावण शुक्ल पञ्चमीमा नागपूजा गर्नाले सन्तान, सम्पत्ति, सौन्दर्य ऐश्वर्य प्राप्त हुन्छ।)

नाग पञ्चमीको पूजा विधिः

नागको चित्र या मूर्तिलाई घरको मूलद्वार वा गोठमा गोबरले टाँसी पूजा गरिन्छ।

दूध, अक्षता, दूर्वा, पुष्प, लाजा आदि अर्पण गरिन्छ।

" नमो नागाय", "अनन्ताय नमः", "शेषाय नमः", "वासुकये नमः" इत्यादि मन्त्रहरू जप्दै पूजा गरिन्छ

लोकपरम्परा सामाजिक महत्त्व :

घरको छानो वा भित्तामा नागको चित्र कोर्ने चलन , जसले सर्पदोष, भुजंगभय हटाउँछ भन्ने विश्वास छ।

कृषिप्रधान समाजमा नागलाई भूमि संरक्षणकर्ता मानिन्छ। नागहरू भुँइ भित्रको जल उर्बरा शक्ति सन्तुलनमा राख्दछन् भन्ने विश्वास छ।

खेताला, गोठालाहरूले नागपञ्चमीमा विशेष पूजा गर्दछन्।

नाग प्रकृति सन्तुलन :

वास्तवमा, नाग (सर्प) प्रजातिहरू पारिस्थितिक सन्तुलनमा महत्त्वपूर्ण छन् यिनीहरूले मुसा, किराफट्याङ, घुन आदि नियन्त्रण गरी मानव जीवन जोगाउन योगदान पुर्याउँछन्। यसकारण वैज्ञानिक दृष्टिले पनि सर्पको संरक्षण अत्यावश्यक छ।

अन्त्यमा :

नाग पञ्चमी केवल एक धार्मिक चाड मात्र नभई प्रकृति मानवीय सम्बन्धको सम्मान पनि हो शास्त्रहरूद्वारा प्रमाणित नागपूजाको यस परम्पराले हामीलाई आध्यात्मिक सुरक्षा, सन्तान सुख, भूमि समृद्धि प्राकृतिक सन्तुलनको पाठ सिकाएको छ।

अतः, श्रावण शुक्ल पञ्चमीमा श्रद्धापूर्वक नाग पूजन गर्नु पौराणिक, वैदिक वैज्ञानिक दृष्टिले पनि अत्यन्त फलदायी मानिएको

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.