धार्मिक-सांस्कृतिक पर्वहरू मध्ये भाद्र कृष्ण औँशी पनि महत्व
पूर्ण पर्व मानिन्छ ।
यसलाई ‘कुशे औँशी’, कुशोत्पाटिनी
अमावश्या ‘पितृ औँशी’ वा
‘गोकर्ण औँशी’ पनि भनिन्छ ।
यस दिनलाई जनमानसमा ‘बुबाको मुख हेर्ने दिन’
पनि भनिन्छ । औँशी पर्वको
धार्मिक महत्त्व मात्र नभई सामाजिक–सांस्कृतिक
मूल्य र नैतिक शिक्षासँग
समेत गहिरो सम्बन्ध रहेको छ ।
कुशे औँसी र
कुश धारणको आधार :
कुशलाई
प्राच्यवाङ्मयमा पवित्र वनस्पति मानिएको छ । कुशलाई
‘देवता प्रिय’ घाँस भनिएको छ
। यसै कारण औँशीको
दिन स्नानादि गरी कुश उखेल्ने
परम्परा स्थापित भएको हो।
स्मृतिशास्त्रमा
भनिएको छ :
कुशाग्रं दर्शयेद्विप्रः स्नात्वा हृदि समाहितः। कुशा ह्यग्निसमस्पर्शा दुरितानि दहन्ति हि ।
यस श्लोकअनुसार कुश अग्निसमान पापकर्मलाई
दग्ध गर्ने शक्ति राख्छ। औँसीका दिन धारण गरिएको
कुशले सम्पूर्ण धार्मिक कर्म शुद्ध र
फलप्रद हुने विश्वास छ।
यसै दिनदेखि आगामी दशैं–तिहारसम्मका प्रत्येक
पूजामा कुशको अनिवार्य प्रयोग गरिन्छ।
पितृ तर्पण र
श्राद्ध परम्परा
कुशे
औँशीलाई पितृऔँशी भनिनुको मूल कारण यस
दिन पितृलाई स्मरण गरेर तर्पण, श्राद्ध
र पिण्डदान गर्ने विधान हो
" अमावास्यायां
पितरः सम्पूज्याः श्राद्धकर्मणा"
अर्थात्, अमावस्याको दिन पितृलाई श्राद्धपूर्वक पूजा गर्नुपर्छ। श्राद्ध गर्दा पितृ तृप्त भई वंशजलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ।
बुबाको मुख हेर्ने दिन
:
नेपाली
समाजमा कुशे औँशीलाई ‘बुबाको
मुख हेर्ने दिन’ को रूपमा
पनि मनाइन्छ। जीवित पितालाई सम्मान गर्नु, मुखदर्शन गर्नु, आशीर्वाद लिनु र मिठा
खानेकुरा अर्पण गर्ने परम्परा यसै दिनसँग गाँसिएको
छ। यसै भावनाबाट प्रेरित
भई नेपालमा जीवित पितालाई पनि यो दिन
सम्मान गर्ने, मुखदर्शन गर्ने चलन बसेको हो।
यसरी जीवित पितालाई सम्मान गर्दा, पितृलोकमा रहेका "पूर्वजहरू समेत तृप्त हुन्छन्
भन्ने जनविश्वास रहेको छ।
पिता धर्मः पिता कर्म पिता हि परमं तपः। पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च। तस्य भागीरथीस्नानमहन्यहनि वर्तते॥
सर्वतीर्थमयी माता सर्वदेवमयः पिता। मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्॥
मातरं पितरंश्चैव यस्तु कुर्यात् प्रदक्षिणम्। प्रदक्षिणीकृता तेन सप्तदीपा वसुन्धरा॥" (पद्मपुराण )
अर्थात् पिता नै धर्म हुनुहुन्छ, पिता कर्म हुनुहुन्छ पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुनुहुन्छ । । पिता प्रसन्न हुँदा सम्पूर्ण देवताहरू प्रसन्न हुन्छन् । जसको सेवा र सद्गुण बाट पिता-माता संतुष्ट बन्नुहुन्छ त्यस पुत्रलाई प्रतिदिन गंगा-स्नान गरेको पुण्य प्राप्त हुन्छ । माता सर्वतीर्थमयी हुनुहुन्छ भने पिता सम्पूर्ण देवतास्वरूप हुनुहुन्छ । त्यसैले माता-पिताको आदर र सम्मान गर्नुपर्दछ । माता र पिताको परिक्रमा गर्दा पृथ्वीको परिक्रमा गरे बराबरको फल प्राप्त हुन्छ ।
सामाजिक–सांस्कृतिक महत्त्व :
यो पर्वले पितृभक्ति र कृतज्ञताको अभिव्यक्ति
गर्छ। बुबालाई सम्मान गर्ने अवसरले परिवारमा एकता र प्रेम
र स्नेह बढाउँछ। पितृपूजा, जीवित पिताको सम्मान र सामाजिक मिलन–यी सबै पक्षले
कुशे औँशीलाई धार्मिक मात्र नभई सामाजिक–नैतिक
पर्व बनाएको छ।
अन्त्यमा
:
कुशे
औँशी पर्व धार्मिक दृष्टिले
पितृस्मरण र पवित्रता कायम
गर्ने दिन हो ।
सामाजिक दृष्टिले जीवित पिताप्रति आदर प्रकट गर्ने
अवसर हो। कुश धारण,
पितृतर्पण र मुखदर्शनजस्ता परम्पराले
मानवलाई कृतज्ञता, श्रद्दा र पारिवारिक एकताको
सन्देश दिएको छ। त्यसैले यो
पर्वलाई नेपाली हिन्दु समाजले विशेष आदरका साथ मनाउँदै आएको
छ ।