जनै पूर्णिमा (श्रावणी) ऋषितर्पणी, रक्षा सूत्र र क्वाँटी खाने परम्परा

By Pandit Narayan Dahal 7 Jan 2026 Janai Purnima, Qwati, Rakshabandhan, Doro

जनै पूर्णिमा (श्रावणी) ऋषितर्पणी, रक्षा सूत्र र क्वाँटी खाने परम्परा

. परिचय :

श्रावण शुक्ल पूर्णिमाको दिनलाई नेपाली हिन्दू समाजमा जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वका रूपमा मनाइन्छ। यो पर्व आन्तरिक शुद्धि, पितृऋषि तर्पण, सामाजिक स्नेह स्वास्थ्यसँग पनि जोडिएको छ।

. ऋषितर्पणीऋषिहरूप्रति श्रद्धा प्रकट गर्ने दिन :

मानवले जन्मसँगै तीन प्रकारका ऋण लिएर आएको हुन्छ, देव ऋण, ऋषि ऋण पितृ ऋण वैदिक परम्परामा मानव जीवन तीन प्रमुख ऋणहरूसँग बाँधिएको मानिन्छदेवऋण, पितृऋण ऋषिऋण।

देवऋणयज्ञ, देवपूजा आदिबाट चुकाइन्छ।

पितृऋणवंश वृद्धि श्राद्धकर्मबाट चुकाइन्छ।

ऋषिऋणवेदअध्ययन, ज्ञान-दान, सत्कर्म आदिबाट चुकाइन्छ।

विशेष गरेर हामीलाई कर्तव्य अकर्तव्य बोध गराउने शास्त्रहरू ऋषिहरूबाट प्राप्त हुन् त्यसैले ऋषिहरू प्रति श्रद्धा प्रकट गर्नु पनि मानवीय कर्तव्य हो मुख्य रूपमा सप्त ऋषिहरूवशिष्ठ, विश्वामित्र, जमदग्नि, अत्रि, भारद्वाज, गौतम, कश्यप आदिलाई यस दिन तर्पण दिइन्छ सप्तर्षिहरूको पूजन पूर्वक यज्ञोपवीत अभिमन्त्रण गरिन्छ

. यज्ञोपवीतको परिभाषा :-

यज्ञो वै विष्णुः।

यज्ञाख्यः परमात्मा उच्यते चैव होतृभिः।

उपवीतं ततोSस्येदं तस्माद् यज्ञोपवीतकम् ।।

यज्ञ =यज्ञद्वारा संस्कार गरिएको , पवित्र पारिएको। उपवीत =परिधानीय प्रकार सूत्र विशेष जनै भगवान विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञ पुरुषका रुपमा भगवान विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत सूत्र विशेषलाई यज्ञोपवीत - जनै भनिएको हो।

सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात्

तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम् ।।

ब्रह्मज्ञान वेद प्रतिपादित विषयको द्योतक - सूचक जुन सूत्र त्यो नै ब्रह्मसूत्र / जनै हो जसलाई सावित्रीसूत्र पनि भनिन्छ। ऋग् - यजु - साम - अथर्व गरिएका वेद चार गायत्री मन्त्र चौबीस अक्षरले गुणन गर्दा आउने ९६ संख्याको समूहको समष्टिगत स्वरुप नै जनै हो

तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।

कालत्रयं मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।।

तिथि - १५, वार - , नक्षत्र - २७, तत्व - २५, वेद - , गुण - , काल - , मास - १२ जोडेर जम्मा ९६

. जनै कसरी बनाउने?

तीन वटा धागो लिएर औंलाको मुल प्रदेश मा ९६ पटक बेर्ने। अघी ९६ पटक बेरेको धागोको छेउ मा चर्खा बाध्ने, चर्खालाई घुमाउने, घुमाउने काम सके पछी त्यो बाटेको धागोलाई पनि दोबर गर्ने। यसो गर्दा जमा सुते हुन्छ। अब अध अर्थात सुते धागो लाई कत्वाले अफुतिर घुमाउने। धागो बाटियो भने तयार भयो। डोराले युक्त भएको यसलाई नवतन्तु भनिन्छ। बिहानको समयमा टुप्पीको सिखा पारेजस्तै गरेर नवतन्तुको छेउ पनि गांठो पार्ने।

जनैको लम्बाईका बारेमा बायाँ काँधदेखि नाभि / नाइटो हुँदै कटि - कम्मर सम्मको हुनु पर्दछ। लामोमा कम्मर भन्दा तल छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन।

.यज्ञोपवीत (जनै) अभिमन्त्रण परिवर्तन

विधिपूर्वक सप्तर्षिहरूको पूजन गरेर जनै अभिमन्त्रण गरी पूर्णिमाका दिन द्विजातिहरूले पुरानो जनै हटाएर नयाँ जनै धारण गर्छन्। यस समयमा वैदिक मन्त्र उच्चारण गर्दै मन्त्रण गरिएको यज्ञोपवीत धारण गरिन्छ:

यज्ञोपवीतं परं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।

आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।

प्रजापतिका साथ उत्पन्न भएको यज्ञोपवीत पवित्रतम वस्तु हो यो दीर्घायु, बल तेज प्रदान गर्दछ

यो मन्त्रले जनैलाई ब्रह्मसूत्रको रूपमा व्याख्या गरेको

जनैमा रहेका तीन डोरा ब्रह्मा, विष्णु महेश वा कर्म, उपासना, ज्ञानका प्रतीक हुन्। जनै लगाउँदा यज्ञ, तप, अध्ययन, सदाचरण संयमप्रति प्रतिबद्धता व्यक्त गरिन्छ।

जनैको धारणले शरीरमा सात्त्विक गुणहरू विकास गर्छ

धैर्य, क्षमा, इन्द्रिय-संयम, श्रद्धा, पवित्रता, सत्यता, संयमता, आदि। यस कारण जनै आध्यात्मिक उन्नतिको प्रतीक हो

. रक्षा सूत्र बाँध्ने परम्परा (राखी)

रक्षाबन्धन विधिमा पुरोहित वा बहिनीले भाइ वा भक्तलाई रक्षा सूत्र बाँधिदिन्छन्। रक्षा सूत्र बाँध्ने मन्त्र यस्तो हुन्छ:

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः

तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल

यस मन्त्रको अर्थजस रक्षा सूत्रले बलशाली राजा बलीलाई बाँधिएको थियो, त्यही रक्षा सूत्रले तिमीलाई बाँध्दछु, तिमी सधैँ अचल सुरक्षित बन

दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर दीर्घायु सफलता कामना गर्छन्। यसबाट सामाजिक, पारिवारिक आत्मीय सम्बन्धहरू अझ बलियो बन्दछ

एतावद्दिनपर्यन्तं यज्ञत्वं धारितं मया

जीर्णतत्वाद् परित्यागो गच्छ सूत्र यथा सुखम्।।

जनै लगाउँदा शिरबाट छिराउनु पर्छ भने निकाल्दा पनि शिरोमार्गबाट नै निकाली पवित्र ठाउँमा विसर्जन गर्नु पर्दछ। यज्ञोपवीत द्विजलाई रक्षाबन्धन सबैलाई बाँध्न सकिन्छ।

. क्वाँटी खाने परम्परा

नेपाली समाजमा यस दिन विशेष परिकारक्वाँटी” (नौप्रकारका अंकुरित गेडागुडीको झोलिलो परिकार) खाने चलन छ। यसका सामाग्रीहरूः

मुग, मास, चना, बोडी, सिमी, गहत, मस्युरा, केराउ, आदि।

स्वास्थ्य दृष्टिले क्वाँटी आयुर्वेदमा पाचन शक्ति बढाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने अन्न मानिन्छ। नेवार समुदायमा यो पर्वलाईगुंपुन्हिभनिन्छ

नव अंकुरित गेडाहरू पकाई बनाइएको क्वाँटी स्वादिष्ट, जीवनदायिनी बलदायक हुन्छ।)

. अन्त्यमा

जनै पूर्णिमा नेपाली संस्कृति धर्ममा आध्यात्मिक अनुशासन, पितृऋषिप्रति श्रद्धा, सामाजिक बन्धन स्वास्थ्य समृद्धिको पर्व हो। जनै परिवर्तनले जीवनमा शुद्धता कर्तव्यबोध जनाउँछ; ऋषितर्पणीले ऋषिऋण तिर्ने प्रेरणा दिन्छ; राखीले पारिवारिक प्रेम जोड्छ; क्वाँटीले शरीरलाई पोषण दिन्छ।

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.