वैदिक
सनातन धर्म, संस्कृति, मर्यादा र आचरण अनुसार
चलेको हुनाले जन्म र मृत्यु
दुवै अवस्थामा आशौच बार्ने परम्परा
चलिआएको छ। वैदिक मूल्य
मान्यता र सनातन लोक
परम्परामा प्रचलित जन्मसँग सम्बन्धित आशौच विधिलाई जननाशौच
र मृत्युसँग सम्बन्धित आशौच विधिलाई मरणाशौच
भनिन्छ ।
शस्त्रीय
मान्यताका आधारमा आशौचको समयमा कुन कुन कर्म
गर्न निषेध गरिएको छ ?
धर्मशास्त्र
अनुसार आशौचको समयमा (जुठो लागेको अवस्थामा)
विशेषतः विवाह, व्रतबन्ध, चूडा कर्म (क्षौर),
यज्ञ आदि आभ्युदयिक कार्य,
देवकार्य (देवताहरुको पूजा) जस्तो घरपूजा, रुद्री, सत्यनारायण पूजा, मन्दिरको दर्शन तथा मन्दिरमा भगवानको
पूजा आराधना आदि कार्य गर्न
निषेध गरिएको छ ।
माता
पिताको मृत्यु भएमा कति समय
(आशौच्) जुठो लाग्छ ?
“प्रमीतौ
पितरौ यस्य देहस्तस्याशुचिर्भवेत् । न
दैवं नापि वा पित्र्यं
यावत्पूर्णो न वत्सरः।” – धर्मसिन्धु
सुधा (पृष्ठ ४७४)
अर्थात्
यदि
कसैका माता पिताको देहावसान
भएमा सो व्यक्तिको शरीर
१ बर्षसम्म अशुद्ध रहने हुँदा त्यस
अवस्थामा १ बर्षसम्म देवकार्य
(भगवानको पूजा) र पितृकार्य गर्न
बर्जित छ ।
कसको
मृत्युमा कति समय जुठो
बार्नु पर्दछ ?
“पितुरब्दमिहाशौचं
तदर्धं मातुरेव च। मासत्रयं तु
भार्यायास्तदर्धं भ्रातृपुत्रयोः।” – धर्मसिन्धु सुधा (पृष्ठ ४७१–४७६)
अर्थात्
1. पिता
वा माताको मृत्यु भएमा छोरालाई १
बर्षसम्म जुठो लाग्दछ ।
2. सौतेनी
आमाको मृत्यु भएमा ६ महिनासम्म
जुठो लाग्दछ ।
3. पत्नीको
मृत्यु भएमा ३ महिनासम्म
जुठो लाग्दछ ।
4. सहोदर
(दाजु–भाइ) वा छोराको
मृत्यु भएमा – ४५ दिनसम्म जुठो
लाग्दछ ।
5. अरू
सपिण्डी (४ पुस्ताभित्रका नातेदार)
को मृत्यु भएमा १ महिनासम्म
जुठो लाग्दछ ।
यदि
आशौचको (जुठो लागेको) समयमा
आफ्नो सङ्कटकालीन विवाह वा कर्म गर्नुपर्ने
अवस्थामा:
धर्मसिन्धु
(सुधा ४७३) मा स्पष्ट
छ: पिताको मृत्युपछि – वर्ष दिनपश्चात् विनायकशान्ति
गरेर विवाह वा यज्ञ गर्न
सकिन्छ। अति सङ्कट अवस्था
आइ परेमा – छ महिनापछि, अझ
जटिल संकट आइ परेमा
मासपश्चात् पनि शान्तिद्वय (गणेशशान्ति
+ श्रीपूजन) गरी विवाह वा
कर्म गर्न सकिन्छ।
त्रिपुरुषी
प्रतिबन्ध (सगोत्र त्रिपुरुषको मृत्युपछि):
“पुरुषत्रयपर्यन्तं
प्रतिकूलं स्वगोत्रिणाम्।” – धर्मसिन्धु सुधा ४७२
अर्थात्
पिता–पितामह–प्रपितामह, पुत्र–पौत्र–प्रपौत्र, आदि सगोत्री त्रिपुरुषहरू
मध्ये कुनैको निधन भएमा आभ्युदयिक
कार्य गर्दा विशेष ध्यान राख्नुपर्ने हुन्छ। यदि ३ पुस्ताभित्रका
कुनै बन्धुको मृत्यु भएको छ भने
उनको वार्षिकश्राद्धसम्म सम्पूर्ण प्रेतकर्म समाप्त नगरुन्जेल आभ्युदयिक कार्य गर्न मिल्दैन। प्रेत
कर्म भन्नाले पितृहरुको शान्तिको लागि गरिने कर्म
र आभ्युदयिक कर्म भन्नाले खुसीयालीमा
गरिने कर्म जस्तो ब्रतबन्ध,
विवाह, भगवानको पूजा आराधना आदिलाई
जनाउछ ।
अन्त्यमा:
विशेष आशौचको अवधारणा पारिवारिक, सामाजिक र धार्मिक शुद्धता
कायम राख्नका लागि अत्यन्त आवश्यक
छ। शास्त्रीय नीति, नियम र निर्देशनलाइ
उल्लंघन गर्ने अधिकार कुनै ब्यक्ति वा
समुदायलाई हुदैन।