भगवान शिवको लिङको उत्पत्ती कसरी भएको थियो

By Pandit Narayan Dahal 29 Dec 2025 Shiva Linga, Mahakal

भगवान शिवको लिङको उत्पत्ती कसरी भएको थियो

शिवपुराण अनुसार एक समयमा भगवान बिष्णु क्षिरसागरमा सयन गर्नुभएको अवस्थामा ब्रह्माजी आडम्वर एवम अभिमान गरेर आउनुभयो। ब्रह्माजी बिष्णु भगवानको अगाडि आउंदापनी भगवान बिष्णुले स्वागत गर्नुभएन। नमस्कार पनि गर्नुभएन। यो देखेर ब्रह्माजीलाई रिस उठ्यो। ब्रह्माजीले बिष्णु भगवान लाई भन्नुभयो, " प्रधान देवता हुँ, तिमीलाई भेट्न आउंदा स्वागत पनि नगर्ने?" यो भनेर गर्जिनु भयो। भगवान बिष्णुपनी के कम, ब्रह्माजी लाई भन्नु भयो, "हे ब्रह्मा, तिमी मेरो नाइटो बाट कमलको पुष्प सँगै उत्पन्न भएका हौ, तिमीलाई मैले जन्माएको हुँ, तसर्थ मैले तिमीलाई हैन, तिमीले चाँही मलाई सम्मान गर्नुपर्छ।" एक अर्काका आडम्बरयुक्त कुरा सुनेपछी, दुबैजनालाई भयंकर रिस उठ्यो। रिसको झोकमा, दुबैजनाले को शक्तिशाली भनेर प्रमाणित गर्ने उद्धेश्यले एक अर्कासँग अस्त्र-शास्त्र सहित युद्धगरे।

युद्ध धेरै समयसम्म चल्यो। बिष्णु ब्रह्माको युद्ध देखेर त्रिलोक काँप्यो। देवताहरु त्रसित भए महादेवको शरणमा गए। महादेवका शरणमा पुगेका देवताहरुले महादेवलाई ब्रह्मा बिष्णुको युद्धको सबै ब्रित्तान्त सुनाए भगवान शिवलाई कल्याणगर्नुहोस भनेर अनुरोध गरे। भगवान शिवले देवताहरुको अनुरोध सुनेपछी ब्रह्मा बिष्णुको युद्ध रोक्ने आश्वासन दिनु भयो। ततपस्चात, युद्धको अवस्था बुझ्न आफ्न दुतहरुलाई पठाउनुभयो। शिवको दुतले युद्धको अवस्था बुझेर फर्किए भगवानलाई सबिस्तार सुनाए। आफ्ना दुतहरुको सबैकुरा सुनेपछी शिव भगवान युद्ध भएको स्थान मा बिष्णु ब्रह्माको बिच अनलस्तम्भ (अनल = अग्नी)को रुपमा प्रकट हुनु भयो।

आफ्नोबिचमा आगोको मुस्लोजस्तो भयंकर स्तम्भ देखेर ब्रह्मा बिष्णु दुबै डराउनु भयो, युद्ध रोक्नुभयो एक अर्कालाई हेर्नुभयो। आफ्नो अगाडि अचम्मको भयंकर चिज देखेर ब्रह्मा बिष्णुको मनमा कौतुहलता पैदाभयो दुबैजनाले सल्लाह गर्नुभयो। ब्रह्माले भन्नु भयो, "यो स्तम्भको टुप्पो खोज्ने जिम्मा लिन्छु" साथै बिष्णुले भन्नु भयो, "मा चाँही स्तम्भको फेद खोजेर ल्याउछु" सल्लाह अनुरुप दुबै जना स्तम्भको टुप्पो फेद खोज्न हिंड्नुभयो। भगवान ब्रह्मा हाँसमा सवार भएर हिंड्नुभयो भने भगवान बिष्णु वराहमा सवार भएर हिंड्नुभयो। यसरी खोजीगर्ने क्रममा वर्षौं वित्यो तर फेद, टुप्पो केही पत्तालागेन। भगवान बिष्णु हार खाएर फर्किनुभयो।

यस्तो अवस्था देखेर भगवान शिवलाई हाँसउठ्यो। सोही हांसोको कारणले भगवान शिवको शिरमा रहेको केतकि फूलहरु खस्न थाले। स्तम्भको टुप्पो खोज्नहिंड्नु भएका ब्रह्माले माथिबाट खसीरहेको केतकि फूललाई देखेर सोध्नु भयो, "तिमी को हौ, कसरी माथिबाट बर्सीरहेका छौ?" भगवान ब्रह्माको प्रश्नमा केतकि फूलले उत्तर दिन्छ, " केतकि फूल हुँ अनलस्तम्भ बाट वर्षौंदेखी झरीरहेको छु।" यो कुरो सुनेपछी ब्रह्माजीले प्रश्न गर्नुहुन्छ, "के तिमीले अनलस्तम्भको टुप्पो पत्तालगाएक छौ?" त्यो प्रश्नको उत्तरमा केतकिले उत्तर दिन्छ, "पत्ता लागएको छैन, वर्षौंदेखी बिचबाट झरीरहेकोछ, हजुरपनी टुप्पो पत्तालगाउने आश नगर्नु।" केतकिको यस्तो उत्तर सुनेपछी ब्रह्माले केतकीलाई झुटो बोल्न लगाउनु भयो भन्नु भयो, " बिष्णुलाई टुप्पो पत्ता लगाएं भन्छु, तिमी मेरो कुराको साक्षी बस है।" ब्रह्माले थप भन्न थाल्नुहुन्छ, "असत्यमपी सस्तम स्यात, आपदित्यनु सासनात्" अर्थात, "आपतको समयमा असत्यलाई पनि समर्थन गर्नु पर्छ।" ब्रह्माको अनुरोध सुनेपछी केतकिले ब्रह्मालाई साथदिने निर्णयगर्छ।

सोही सल्लाह अनुरुप केतकि ब्रह्मा छुट्टीएको ठाउँमा सँगै फर्किन्छन। भगवान बिष्णुपनी गलेर आउँदैगरेको देखेर ब्रह्मा गदगद भएर हांस्नु हुन्छ खुशीहुँदै भगवान बिष्णुलाई भन्नुहुन्छ, "हे हरी, मैले अनलस्तम्भको टुप्पो पत्तालगाएं, त्यस्को साक्षी यो केतकि पुष्प हो।" भगवान बिष्णुले ब्रह्माको कुरालाई विश्वास गर्नुहुन्छ सल्लाह बमोजीम ब्रह्माको शोडषोपचारले पूजा गर्नुहुन्छ।

त्यस पस्चात, अनलस्तम्भको रुपमा प्रकट हुनुभएका शिवजी क्रुद्ध भएर अनलस्तम्भबाट प्रकट हुनुहुन्छ कपटी ब्रह्मालाई झुटोबोलेको कारण दण्डदिन हात उठाउनु हुन्छ। भगवान बिष्णुले ब्रह्माका सबै करतुत पत्तालगाउनुहुन्छ, यध्यपी शिवजीको पाउपरेर ब्रह्माजी को बध नगर्नु, ब्रह्माजी को पाप लाई क्ष्यमा गर्नु भनेर बिन्ती गर्नु हुन्छ। साथै, हामीमाथि करुणा गर्नु भनेर बिन्ती गर्नुहुन्छ। भगवान शिव भगवान बिष्णुसँग प्रसन्न हुनुहुन्छ बिष्णुलाई वरदान स्वरुप भन्नुहुन्छ, "तिमी एउटै हौं, तिमी मा कसैले भेद गर्ने छैनन, तिमी मेरो समान पूजा हुनेछ।"

बिष्णुलाई यती भनेपछी, ब्रह्माजि सँगको रिसको कारणले, ब्रह्माको सेखी झार्नका निमित्त आफ्नो आखीभौं बाट भैरबलाई प्रकट गराउनु हुन्छ। भगवानको आँखीभौँबाट प्रकट भएको भैरबले शिवजी लाई प्रश्न गर्दछ, "हे प्रभु, हजुरको के सेवा गरौँ।" यो प्रश्नको उत्तरमा शिवजी ले भन्नु हुन्छ, "संसारको सबै भन्दा ठुलो देवता हुँं भन्ने यो ब्रह्मालाई खड्गले राम्रो सँग सेवा गरेर आउ।" भगवान शिवको आग्या पाएपछी भैरबले ब्रह्माजीका पाँच शिरमध्ये एउटा शिर खड्गले क्षेदन गरीदिन्छन। यो देखेर भगवान बिष्णुले शिवलाई बिन्तीगर्दै भन्नुभयो, "ब्रह्माले गल्ती गरे प्रभु, हजुरनै सारा जगतको सृस्टिकर्ता हुनुहुन्छ, त्यसैकारणले ब्रह्माजी को गल्ती लाई क्ष्यमा गरिदिनुहोस्।।" भगवान बिष्णुको अनुरोध सुनेपछी शिवजीले ब्रह्माको पाँचवटै सिर काट्छु भनेर तम्सिएको भैरबलाई रोक्नु भयो। त्यसपछी शिवजीले ब्रह्मालाई भन्नुभयो, "तिमी बाठो हुन खोज्यौ, तर स्वाठ भयौ" ब्रह्माले आफ्नो अधर्मको प्रायस्चित गर्दै भगवान शिवसामु बिन्ती गर्नुभयो, "हे प्रभु, हजुरले मेरो एउटा सिर क्षेदन गर्नु लाई हजुर को वरदान मान्दछु" त्यसपछी क्रोधित हुनुभएका शिवजीले भन्नु भयो, "तिम्रो तीन वटै लोकमा मुर्ति हुने छैनन, साथै तिम्रो मुर्तीको पूजा पनि हुने छैन"

केतकि, जस्ले ब्रह्माको साथ दिन झुटबोलेको थियो, शिवजी ले त्यस्लाई पनि दण्ड दिनुभयो भन्नु भयो, "मेरो कुनैपनी पूजामा तिम्रो (केतकि फूलको) प्रयोग हुने छैन, तिमी मैले धारण गर्न योग्य छैनौ" भगवानको यस्तो वचन सुनेपछी केतकिले क्षमा माग्दै आफ्नो गल्ती स्विकर्यो। त्यसपछी भगवान शिव ले भन्नु भयो, "मेरो भक्तले मेरो बाहेक अन्य देवताको पूजामा तिम्रो प्रयोग गर्नेछन, तिमी मेरो चदुवामा मात्र हुनेछौ।"

त्यसपस्चात ब्रह्मा, बिष्णु, केतकि लगायत सबै देवी देवताहरुले भगवान शिवको पूजा गरे। सो दिन फाल्गुन महिनाको कृष्णपक्षको त्रयोदशी तिथी पर्न गएको थियो। जस्लाई हामी शिवरात्रीका रुपमा हरेकबर्ष भगवान शिवको बिशेष पूजा गर्ने गर्दछौं। पूजाबाट भगवान शिव अत्यन्त प्रसन्न हुनु भयो भन्नुभयो, मेरो मुर्ती लिङ दुबैमा पूजा हुन्छ, तर जसले मलाई लिङको आकार मा पूजा गर्नेछ, त्यँही रहनेछु तिनीहरुको सबै कामना पुरा गराउनेछु। मेरो लिङको पूजा गर्नेले लौकिक एवम पारलौकिक सुख प्राप्त गर्नेछन।

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.