गणेश चतुर्थी व्रत र यसको धार्मिक महत्त्व

By Pandit Narayan Dahal 7 Jan 2026 Ganesh, Ganesh Chaturthi

गणेश चतुर्थी व्रत र यसको धार्मिक महत्त्व

वैदिक सनातन हिन्दुधर्मका व्रतपर्वहरू मानव जीवनलाई धर्म, अर्थ, काम मोक्षप्राप्तिको मार्गतर्फ निर्देशित गर्ने साधन मानिन्छन्। तिनै व्रतपर्वहरू मध्ये गणेश चतुर्थी व्रत पनि विशेष रूपमा प्रतिष्ठित छ। भाद्रमहिना शुक्लपक्ष चतुर्थी तिथिमा विशेष प्रकारले सिद्धिविनायक श्रीगणेशको पूजन गरिन्छ यसै दिनलाईविनायक चतुर्थीअथवागणेश चतुर्थीपनि भनिन्छ। हिन्दु शास्त्रानुसार यस व्रतले विघ्ननाश, बुद्धिवृद्धि कार्यसिद्धि हुने कुराको उल्लेख पाइन्छ

शास्त्रीय आधार :

पुराणग्रन्थहरूमा गणेशपूजनको विशेष महत्त्व उल्लेख गरिएको छ।

स्कन्दपुराणमाचतुर्थ्यां भाद्रमासस्य यस्तु सम्यग्विनायकम् । पूजयेत् परमप्रीत्या सर्वान् कामानवाप्नुयात् ।।

अर्थात् भाद्रपदशुक्लचतुर्थीका दिन विनायकको भक्तिपूर्वक पूजा गर्नेका सबै कामनाहरू पूर्ण बन्दछन्।

गणनाथं समाराध्य सर्वदुःखविनाशनम्। लभते परमं श्रेयः मोक्षमप्यत्र दुर्लभम्॥

गणेशको आराधनाले विघ्नहरू नाश भएर अन्ततः मोक्षसम्मको लाभ हुन्छ भन्ने स्पष्ट पारिएको छ।

पौराणिक आख्यान :

गणेश चतुर्थीको उत्पत्तिसँग सम्बन्धित विभिन्न आख्यानहरू पाइन्छन्। तिनमध्ये एक प्रसिद्ध कथा यस प्रकार — एक समय देवी पार्वतीले स्नानकालमा आफ्ना शरीरको मलमाथि सुगन्धित लेप प्रयोग गरी त्यसैबाट एक बालकको आकृति बनाई, प्राणप्रतिष्ठा गरी ढोकामा राख्नुभयो। उहाँले ती बालकलाई आज्ञा दिनुभयो स्नान गर्ने बेलासम्म कसैलाई पनि भित्र पस्न नदिनू। केही समयपछि भगवान् शिव घरमा भित्र प्रवेश गर्न लाग्दा बालकले रोकिदिए। यसरी वादविवाद हुँदा शिवले क्रोधवश त्रिशूल प्रयोग गरी बालकको शिर छेदन गरिदिनुभयो।

देवी पार्वती अत्यन्त दु:खी भई महाक्रुद्ध भएर सम्पूर्ण सृष्टिको नाश गर्न तयार हुनुभयो त्यसपछि देवगण शिवजीको शरण परे भगवान् शिवले बालकलाई पुनर्जीवन दिने वचन दिनुभयो उत्तरतर्फ भेटिएको प्रथम जीवको शिर बालकमा आरोपण गर्न आदेश दिनुभयो। गज (हात्तीको ) को शिर जोडेर पुनः जीवित गराइयो। तिनै बालक पछि गणेश, गजानन वा विनायकका नामले ूजित हुनुभयो त्यसै दिनलाई स्मरण गर्दै भाद्रपद शुक्ल चतुर्थीमा गणेश चतुर्थी व्रतको आरम्भ गरिएको विश्वास रहेको

व्रतविधिः

गणेश चतुर्थीका दिन बिहान स्नान गरी शुद्ध वस्त्र धारण गरी व्रतालुले संकल्प गर्छन्

गणेशप्रतिमा वा मृन्मय मूर्ति स्थापनापछि आवाहन, आसन, अर्घ्य, पाद्य, स्नान, वस्त्र, गन्ध, पुष्प, दूर्वा, मोदक आदिले पूजन गरिन्छ।

दूर्वाग्र (तीन टुप्पो सहितको दूबो) गणेशजीलाई अति प्रिय मानिन्छ त्यसैले दुबो अर्पण गर्नुपर्दछ

विशेषतः मोदक (लड्डु ) अधिक प्रिय लाग्ने भएकाले गणेश जीलाई नैवेद्यका रूपमा लड्डु अर्पण गर्ने चलन

सन्ध्यापश्चात् चन्द्रदर्शन वर्जित मानिन्छ, किनकि यस दिन चन्द्रमाको दर्शनले मिथ्या आरोप लाग्ने जनविश्वास वा मान्यता रहेको

धार्मिक महत्त्व :

. विघ्नविनाशक वा गणेशलाईविघ्नेश्वरपनि भनिन्छ। कुनै पनि कार्यको आरम्भमा गणेशपूजा गरेपछि मात्र कार्य आरम्भ गर्ने परम्परा

. गणेशलाई बुद्धिप्रदायक मानिन्छ। विद्यार्थी विद्वान्हरूले पनि यो व्रत विशेष श्रद्धाका साथ उपासना गर्दछन्

. धर्मअर्थकाममोक्षप्राप्तिशास्त्रानुसार गणेशपूजनले चतुर्वर्ग फल प्राप्त हुन्छ।

उपसंहार :

गणेश चतुर्थी व्रत केवल धार्मिक अनुष्ठान मात्र नभई आध्यात्मिक, सांस्कृतिक सामाजिक महत्त्व बोकेको पर्व हो। यसले मानवलाई धैर्य, श्रद्धा सामूहिक भावनामा एकजुट हुन प्रेरित गर्दछ श्रीगणेशको पूजाअर्चनाले विघ्नहरूको नाश, बुद्धिको जागरण जीवनमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता जनविश्वास रहेको

अन्त्यमा गणेश जीको प्रार्थना :

गजाननं भूतगणाधिसेवितं, कपित्थजम्बूफलचारुभक्षणम्।

उमासुतं शोकविनाशकारकं, नमामि विघ्नेश्वरपादपङ्कजम् ।।

भगवान् विघ्नेश्वरका चरणकमलामा नमन गर्दछु

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.