धन्वन्तरी त्रयोदशी पर्वको शास्त्रीय महत्त्व :

By Pandit Narayan Dahal 7 Jan 2026 Dhanteras, Tihar

धन्वन्तरी त्रयोदशी पर्वको शास्त्रीय महत्त्व :

स्कन्दपुराणको वैशाखमाहात्म्यमा भनिएको

धन्वन्तरिर्जगत्स्रष्टा रोगनाशोऽमृतालयः।

तस्य स्मरणमात्रेण रोगबन्धाद् विमुच्यते॥

अर्थात्भगवान् धन्वन्तरी विश्वका स्रष्टा, रोगनाशक अमृतका आश्रय हुनुहुन्छ उहाँको स्मरण मात्रले पनि रोगबन्धनबाट मुक्ति मिल्छ। यसै कारण त्रयोदशी तिथि भगवान् धन्वन्तरीको प्राकट्यतिथि भएकोले यस दिनलाई धन्वन्तरीजयन्ती भनिन्छ।

व्रतराज ग्रन्थअनुसारको विधानव्रतराजनामक ग्रन्थमा यस तिथिको विशेष विधान यस प्रकार रहेको

आश्वयुजकृष्णत्रयोदश्यां धन्वन्तरिव्रतम्।

कर्त्तव्यं दीर्घजीव्यर्थं रोगनाशाय मानवैः॥

विधि-विधान :

बिहान स्नान गरी विष्णु वा धन्वन्तरी मन्त्रद्वारा पूजनको सङ्कल्प लिनुहोस् —  नमो भगवते धन्वन्तरये अमृतकलशहस्ताय सर्वामयविनाशनाय त्रैलोक्यनाथाय श्रीमहाविष्णवे नमः।

कलश स्थापना गर्नुहोस्त्यसमा जल भरेर स्वर्ण, चाँदी वा ताम्रको धन्वन्तरी मूर्ति वा चित्र राख्नुहोस्।

गन्ध, पुष्प, धूप, दीप, नैवेद्य अर्पण गरी यो मन्त्र उच्चारण गर्नुहोस् — धन्वन्तरिं देवमनन्तवीर्यं सर्वामयानां पतिरेष वैद्यः।

सन्ध्याकालमा दीपदान गर्नुहोस्यसलाई यमदीपदान भनिन्छ, जसले यमराजको भयबाट रक्षा गर्दछ।

त्रयोदश्यां दीपदानं यमदीपं विशेषतः।

अकालमृत्युनाशाय दीयते परमं शुभम्॥” -व्रतराज

राति धन्वन्तरी कथा, विष्णु सहस्रनाम वा आयुर्वेदसँग सम्बन्धित ग्रन्थहरूको पाठ गर्नु श्रेयस्कर हुन्छ।

उपवास वा व्रतको स्वरूपयस दिन उपवास वा एकाहिक फलाहारको नियम हुन्छ।

साँझको दीपदानपछि प्रसाद ग्रहण गरिन्छ। ताम्र, सुवर्ण वा चाँदीको धन्वन्तरी मूर्ति दान अत्यन्त पुण्यदायी मानिएको

धनतेरसको अर्थ — “धनकेवल अर्थ होइन । शास्त्रहरूमाधनशब्दको अर्थ केवल पैसा नभई आयु, आरोग्य, औषधि सद्बुद्धि पनि हो। धनं आयुः बलं विद्या धर्मश्चैव चतुर्विधम्।” यी चार धनमध्ये आयु बलका अधिष्ठाता भगवान् धन्वन्तरी हुनुहुन्छ । त्यसैले यस दिनको मुख्य उपासना भनेकै आरोग्यसाधना हो

शास्त्रानुसार विशेष उपाय :

धन्वन्तरी मन्त्रको १०८ पटक जप गर्नुहोस् —  नमो भगवते धन्वन्तरये अमृतकलशहस्ताय सर्वामयविनाशनाय नमः।

गाईको घिउको दीप बाल्नुहोस्यसले घरमा रोगनिवारण प्रभाव ल्याउने विश्वास छ।

आयुर्वेदग्रन्थ, चिकित्सा उपकरण वा औषधिको पूजनयसलाई धन्वन्तरी उपासना मानिन्छ। अन्नदान, औषधिदान, दीपदान जलदानयी चार दान विशेषरूपले प्रशंसनीय छन्।

फलश्रुति (व्रतराज, स्कन्दपुराण अनुसार)

धन्वन्तरिप्रीतिहेतोः कृतेऽस्मिन् सुव्रते नरः।

रोगैः बाध्यते यस्मात् दीर्घायुर्लभते ध्रुवम्॥

अर्थात्जो व्यक्तिले भगवान् धन्वन्तरीको प्रसन्नताका लागि यो व्रत गर्दछउसले रोगरहित भई दीर्घायु प्राप्त गर्दछ।

लोकाचार अनुसार गृहस्थहरूले यस दिन उपयोगी वस्तुहरू किन्न खोज्छन्तर धातु, रत्न, पात्र आदि वस्तुहरू यो तिथिको अघि वा पछि खरिद गर्नु शुभ मानिन्छ। नमो भगवते महासुदर्शनाय वासुदेवाय धन्वन्तरये अमृतकलशहस्ताय सर्वभयविनाशाय सर्वरोगनिवारणाय नमः।। भगवते धन्वन्तरये नमः।।

व्रतराज, स्कन्दपुराण, भविष्यपुराण, पद्मपुराण आदि ग्रन्थहरूमा यस पर्वको विस्तृत विधान रहेको

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.