पुरुषोत्तम
मास, अधिकमास वा मलमास भनेको
के हो?
हामी
सबैलाई अवगतनै छ कि १
बर्षमा १२ महिना वा
३६५ दिन हुन्छ। बर्ष
लाई सुर्य को गतीको आधारमा
मापन गर्दा ३६५ दिन हुने
गर्दछ भने महिना सामान्यतया
३० दिनको हुने गर्दछ। यध्यपी,
हाम्रो पन्चाँग चन्द्रको गतीलाई आधार मानेर बनाइएको
हुन्छ जुन चन्द्रको गती
को सिद्धान्त अनुसार चन्द्रमा ले पृथ्वीको पारीक्रमा
गर्न २९।५ दिन लगाउने
गर्दछ जसलाई १ महिना भन्ने
गरिन्छ। यसरी मापन गरिएको
महिनालाई चन्द्रमास भन्ने गरिन्छ जसलाई थप २ भागमा
बिभाजन गरी कृष्णपक्ष र
शुक्लपक्षको नाम दीइएको हुन्छ।
चन्द्र सिद्धान्त अनुसार बनाइएको हाम्रो पन्चाँग अनुसार १ बर्षमा २९।५
X १२ = ३५४ दिन हुने
गर्दछन। यसरी सौर्यको गतीको
आधार मा ३६५ दिन
को १ बर्ष हुन्छ
भने चन्द्रको गतीको आधारमा ३५४ दिनको १
बर्ष हुने गर्दछ। अर्थात,
हरेक बर्ष चन्द्रमास सौर्यमास
भन्दा ११ दिन कम
रहेको हुन्छ। यो क्रम कारीब
३ बर्ष सम्म चल्दछ
जसले गर्दा तेस्रो बर्ष ३३ दिनले
अधिक वा बढी रहने
गर्दछ। सो अधिक समयलाई
समायोजन गर्नका निमित्त महिनाको नाम दीइएको हुन्छ
जस्लाई हामी अधिकमास वा
मलमास भनेर भन्ने गर्दछौं।
तसर्थ, अधिकमास ३ बर्षमा १
पटक आउने गर्दछ। यदी
अधिकमास लाइ सुर्यले ग्रहण
गरेको भए समस्या हुने
थिएन। तर त्यसो नभएको
कारणले गर्दा अधिकमासको श्रीजना भएको कुरा हिन्दूशास्त्रमा
उल्लेख गरिएको छ।
अधिकमासलाई
पुरुषोत्तम मास किन भनिन्छ?
हिन्दू
धर्मको पौराणिक ग्रन्थ अनुसार अधिकमास ले आफ्नो स्थान
एवम पहिचान नपाएका कारण दु:ख
मान्दै बिचरण गरीरहेका थिए। साथै परिचय
बिहिन एवम अस्तिस्त्व बिहिन
भएको कारणले गर्द शुभ कार्य
हरु यो महिनामा गर्ने
गरिदैन थियो। यसैबिच अधिकमास भगवान बिष्णुको समिपमा गए र आफ्नो
दु:ख भगवान बिष्णुलाई
सुनाउन थाले। अधिकमासको दु:ख सुनेपछी
भगवान बिष्णुले अधिकमास लाई आफ्नो शरणमा
लिनु भयो साथै "पुरुषोत्तम"
नाम पनि प्रदान गर्नु
भयो। यसरी भगवान बिष्णुले
अधिक महिनालाई आफ्नो शरणमा लिनु भयो र
अधिकमास लाई पुण्य महिनाको
रुपमा मानियोस भनेर वरदान पनि
दिनुभयो। त्यो समय पस्चात
अधिकमासलाई भगवान बिष्णुको प्रिय महिना, पुरुषोत्तममास भनेर उल्लेख गर्ने
गरिन्छ। साथै भगवान बिष्णुको
पूजा अर्चना, दान लगायतका कर्मा
गर्नाले सो पुन्यको फल
सोचेभन्दा अत्याधिक प्राप्त हुन्छ भन्ने कुरा पनि शास्त्रमा
उल्लेख गरिएको छ।
पुरुषोत्तम महिना भरी भगवान बिष्णुको पूजा आराधना एवम ब्रत बस्ने गरिन्छ। साथै भगवान बिष्णुलाई पुवा लगायतका नैवेध चढाउने, सकिन्छ भने दान दिने पनि गरिन्छ।
अधिकमास
वा पुरुषोत्तम मास मा कुन
कुन धार्मिक कर्म गर्न निशेध
गरिएको छ?
पवित्र
महिना भएपनी पुरुषोत्तम महिनामा केही धार्मिक पूजा
गर्न निषेध गरिएको छ। मुहुर्त चिन्तामणी
अनुसार निषेध गरिएका कार्य निम्नलिखित छन:
- इनार,
वगैचा, तलाउ, कुवा बनाउन, सिलान्यास
गर्न एवम गृह प्रवेश
गर्न निषेध गरिएको छ।
- व्रत
आरम्भ एवम उध्यापन गर्न,
बधु को गृह प्रबेश
गर्न (विवाह गर्न), महादान जस्तो तुलादान, जमिनदान आदी गर्न निषेध
गरिएको छ।
- क्ष्यवर
गर्न, प्रथम श्रावणी स्नान गर्न, बेद आरम्भ गर्न
निषेध गरिएको छ।
- भगवानको
मुर्ती स्थापना गर्न, प्रथम पटक भगवान को
दर्शन गर्न निषेध गरिएको
छ।
- गुरुवाट
दिक्षा लिन, ब्रतबन्ध गर्न,
विवाह गर्न निषेध गरिएको
छ।
- अन्य नुतन माङलिक कार्य गर्न निशेध गरिएको छ।
अधिकमास
वा पुरुषोत्तम मास मा कुन
कुन धार्मिक कर्म सकिन्छ?
निम्नलिखित
कार्य भने अधिकमासमा गर्न
सकिने कुरा शास्त्रमा उल्लेख
गरिएको छ।
- नित्य
(सधैं गरिने) कर्म एवम नैमितिक
(बिशेष दिनमा गरिने) कर्म गर्न सकिन्छ।
- नित्य
कर्म वा सधैं गरिने
भगवानको आराधाना, उपासना, जप, नित्य पाठ
गर्न सकिन्छ।
- जन्म
सँग सम्बन्धित कर्म जस्तो नामाकरण,
पास्नी, जन्मोत्सब आदी गर्न सकिन्छ।
- मृत्यु सँग सम्बन्धित
कर्म जस्तो १३औं दिने कर्म,
सिदा दान आदि गर्न
सकिन्छ।
- साप्ताहिक
कर्म, पाक्षिक कर्म जस्तो बार
सँग सम्बन्धित एवम तिथी सँग
सम्बन्धित ब्रत गर्न सकिन्छ।
- पहिलानै
गएको तिर्थस्थानको दर्शन गर्न सकिन्छ।